हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी

हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी


बैंकिङ्ग समाचार, काठमाडौं । 

हिमालयन बैंक लिमिटेडले दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत उक्त रकम बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी निधन भएपछि निजकी पत्नी विमला गुराँगाईलाई हस्तान्तरण गरेको हो ।

बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच रकम हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको जनाएको छ ।

यस दुःखद् घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुने विश्वास बैंकको छ ।