शोधनान्तर स्थिति सवा २ खर्बले बचतमा

शोधनान्तर स्थिति सवा २ खर्बले बचतमा


बैंकिङ्ग समाचार, काठमाडौं । 

चालू आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ११ महिनामा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको देखाएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । पछिल्लो समय आयातमा आएको संकुचन र वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स पठाउने क्रम बढेसँगै शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ