२७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) २७ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब  रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० रुपैयाँ गरी कुल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २३ गते, ९१ दिन अवधिको ट्रेजरी असोज २३ गते, १८२ दिन अवधिको पुस २४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ ।

यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।