मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरु प्रदर्शनमा 

मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरु प्रदर्शनमा 


बैंकिङ समाचार,काठमाडौं । 

मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । 

पछिल्लो समय सरकारले मिटरब्याज विरुद्धको कानून पारित गराउने भन्दै आश्वासन तर अहिलेसम्म कानून पारित नभएको भन्दै पिडितहरुले प्रदर्शन गरेका हुन् । 

सिराहा, राजविराज, महोत्तरी, धनुषालगायत देशका १० भन्दा बढी जिल्लाबाट पीडितहरू आज काठमाडौं आई प्रदर्शनमा उत्रिएका छन् । 

गत चैत्र १८ गते आन्दोलनरत पीडित पक्षसँग प्रधानमन्त्री दाहालले वार्ता गरी मिटरब्याजीविरुद्ध कानुन ल्याउने सहमति भएसँगै पीडित पक्ष र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको थियो । सहमति भएसँगै पीडितहरू आ–आफ्नो जिल्ला फर्केका थिए ।

सरकारले संसदको चालू अधिनेशनमा मिटरब्याजीविरुद्ध विधेयक ल्याउदा एमालेले लगायत प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गति विधेयक पास हुन नदिएको सरकारको आरोप छ । एमाले लगायतका दलहरूले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा गैर्ह जिम्मेवार अभिव्यक्ति दिएको भन्दै राजिनामाको माग राखी असार २० गतेदेखि संसद अवरुद्ध गर्दै आइरहेका छन् ।