२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय


बैंकिङ समाचार,काठमाडौ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालेको छ । आइतबार एक सूचना जारी गर्दै समयमा काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयले यी निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने कारण भएमा ७ दिनभित्र कारण पेष गर्न समय तोकेको छ ।

यसमा विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्ने तयारी थालेको हो ।  सार्वजनिक निकायको सिफारिसमा मात्र खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने गर्छ ।

जसमा खहरेखोला इन्टरप्राइजेज, सिरुवा कन्सट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, नुरी कन्स्ट्रक्सन, एक्सन बिल्डर्स, पुतलीकाठ निर्माण सेवा, शिवालय बिल्डर्स, अन्तरा इन्टरनेशनललाई कालोसूचीमा राख्न लागिएको हो । 

यस्तै, नागर्जुन–शंकरमाली जेभी, नागर्जुन–शंकरमाली जेभी, महेन्द्र निर्माण सेवा, अनुस्थान कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, एके एस कन्स्ट्रक्सन, ति ई भू निर्माण सेवा, आईएसजी इन्फरमेसन सर्भिस ग्रुप अमेरिकाज इंक, काश्याप÷ अर्भान जेभी,रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन, योद्धा निर्माण सेवा र इको भिजिनर, तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट, आरडी सप्लायर्स, रहेका छन् ।