खल्तीको अफरमा लक्ष्मण डेली स्टोरले जित्यो पल्सर बाईक 

खल्तीको अफरमा लक्ष्मण डेली स्टोरले जित्यो पल्सर बाईक 


बैंकिङ्ग समाचार, काठमाडौँ । 
डिजिटल बालेट खल्तीले द विगेष्ट पेमेन्ट जात्रा राउण्ड ३ को विजेता घोषणा गरेको छ । खल्तीले शुक्रबार एक कार्यक्रम गर्दै विजेताहरुको नाम सार्वजनिक गरेको हो ।  राउन्ड ३ को पल्सर एन १६० मोडलको मोटरसाइकलको विजेता लक्ष्मण डेली स्टोर भएको छ ।  त्यस्तै बुद्ध एयर माउन्टेन फ्लाईट विजेता चेत बहादुर कार्की भएका छन् ।  अल्टिमा डाइनामिट स्पीकर विजेता सचिन भण्डारी ,ईश्वर जनरल एण्ड कस्मेटिक पसल ,विवेक गुरुङ्ग, सुमित श्रेष्ठ भएका खल्तीले जानकारी दिएको छ । 
खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको द  बिगेस्ट पेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । यसै अवधारणा अनुरुप आज तेस्रो राउण्डको बिजेता घोषणा गरिएको हो । 

त्यस्तै २ करोड ४० लाख स्क्रर्याच कार्ड खल्ती प्रयोगकर्ताहरुले पाइसकेका छन् भने, ४ करोड ८० लाख खुत्रुके पनि फुटाईसकेका छन् ।  त्यस्तै ३ वटा पल्सर एन १६० मोडलको मोटरसाइकल, ६८ वटा स्मार्टवाच, ७ वटा ३२ ईन्चको टि भी, ५९ वटा इयरवड, र २ हजारभन्दा बढी मुभि टिकेटहरु पनि खल्ती प्रयोगकर्ताहरुले जितिसकेका छन् । 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"