राष्ट्र बैंकबाट लक्ष्मी सनराइजले पायो एकीकृत कारोबारको अनुमति

राष्ट्र बैंकबाट लक्ष्मी सनराइजले पायो एकीकृत कारोबारको अनुमति


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकलाई आपसमा गाबिएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै लक्ष्मी सनराइज बैंकको नामबाट आगामी बिहीबारबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरिएको छ ।

सनराइजको तर्फबाट संचालक बन्ने भनेका मोतीलाल दुगड (हालका अध्यक्ष) नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृत दिएको हो । 

राष्ट्र बैंकले दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने जनाएको थियो । सनराइजले उनको नाम हटाएर नयाँ नाम प्रस्ताव गरेसँगै अन्तिम स्वीकृत पाएको हो ।

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन् । यता, बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।