बैंकका सीइओहरुसँग गृहमन्त्री श्रेष्ठको ‘गुड फ्राइडे’, निजी निवासमै ‘रात्रीभोज’का लागि दिए निम्तो 

बैंकका सीइओहरुसँग गृहमन्त्री श्रेष्ठको ‘गुड फ्राइडे’, निजी निवासमै ‘रात्रीभोज’का लागि दिए निम्तो 


बैंकिङ समाचार,काठमाडौं । 

सबै वाणिज्य बैंकका सीइओहरुसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले गुड फ्राइडे मनाउने भएका छन् । गृहमन्त्री श्रेष्ठले आज (शुक्रबार) साँझ ७ बजे निजी निवासमा सबै बैंकका सीइओहरुलाई रात्रिभोजमा निम्ता गरेका छन् ।

बैंकिङ क्षेत्रमा देखिएका चुनौतिका विषयमा अनौपचारिकरुपमा जानकारी लिने उदेश्यले बैंकरहरुलाई रात्रिभोजमा बोलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

पछिल्लो समय ऋणीहरुले असूलीमा गएका बैंकका कर्मचारीलाई धम्क्याउने, जस्ता घटना बढेपछि गृहमन्त्रीले सीइओहरुसँग डिनर मिटिङको आयोजना गरेका हुन् ।

मन्त्रालयमा बोलाउँदा छलफल औपचारिक हुने भएकाले गृहमन्त्री श्रेष्ठले अनौपचारिक छलफल गरेर वास्तविकता बुझ्न निजी निवासमा बोलाएका छन् ।