राजश्व उठाउने काम जिम्मेवार र कर्तव्यनिष्ठ भएर गर्न अर्थमन्त्रीको निर्देशन

राजश्व उठाउने काम जिम्मेवार र कर्तव्यनिष्ठ भएर गर्न अर्थमन्त्रीको निर्देशन


बैंकिङ समाचार,काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काम जिम्मेवार र कर्तव्यनिष्ठ भएर गर्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले कर्तव्यबाट पन्छिने छुट कसैलाई नभएको बताएका छन्  ।  व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नगर्न पनि उनले चेतावनी दिए । 
सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने भन्दै मन्त्री महतले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनु पर्ने उल्लेख गरेका छन् ।