नेप्सेमा ३९.२६ अंकको गिरावट,कारोबार रकम ३ अर्ब माथि

नेप्सेमा ३९.२६ अंकको गिरावट,कारोबार रकम ३ अर्ब माथि


बैंकिङ समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । 

आज नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको हो । मंगलबार नेप्से १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बन्द भएको थियो । 

त्यस्तै,आज ३ अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार बराबरको कारोबार भएको थियो ।    

आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्य बढेको छ भने  २०८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।