बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने सहकारी विभागका रजिष्ट्रार घिमिरेको भनाई

बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने सहकारी विभागका रजिष्ट्रार घिमिरेको भनाई


बैंकिङ समाचार,काठमाडौं ।

बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

बचतकर्तालाई अन्यायमा पारेर वा बचतकर्ताको बचत फिर्ता नगराई सहकारी बताउनुको कुनै अर्थ नरहेको उनले बताएका छन्  । अहिले बचतकर्तालाई सहकारीमा अविश्वास पैदा भएको उनको भनाई छ ।

रजिष्ट्रार घिमिरेले सहकारी ऐन २०७४ को ऐन आउनुअघि सहकारीलाई खुकुलो बनाएको असर अहिले देखिएको दाबी गरेका छन् । सहकारी समुदायमा आधारित हुनुपर्नेमा बढी बचत तथा ऋणमा केन्द्रित हुँदा आजको अवस्था आएको उनले बताएका छन् ।

सानादेखि ठूला बचतकर्ताको बचतको संकलन गरेर सञ्चालकले तिनै बचकर्तामा लगानी नगरेर घर जग्गा, सेयर बजारमा लगानी गर्दा, आफ्नो र आफन्तको नाममा कम्पनी खोलेर त्यस कम्पनी मार्फत लगानी गर्दा सहकारीमा समस्या देखिएको घिमिरेले दाबी गरेका छन् ।