बिहिबार १० अर्ब आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

बिहिबार १० अर्ब आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक


बैंकिङ समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले असार २१ गते बिहिबार १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । 

राष्ट्र बैंकले १० अर्बको ६ वर्षे विकास ऋणपत्र २०८६ ’च’ बोलकबोल मार्फत बिक्री गरि आन्तरिक ऋण उठाउन लागेको हो । यस मार्फत नै चालु आर्थिक वर्षको अन्तिम आन्तरिक ऋण उठाउन लागिएको हो । 

ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकले यस बोलकबोलमा सहभागी हुन पाउनेछन् ।