सन नेपाल लाइफले पनि आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

सन नेपाल लाइफले पनि आइपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति


बैंकिङ समाचार, काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्रिमियममा आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मुल्य १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीले प्रति कित्ता २३९ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ ्छ । प्राथमिक सेयर निष्कासनपछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीले प्रिमियम सहित उक्त सेयर जारी गर्दा प्राथमिक सेयर बजारबाट २ अर्ब २९ करोड रुपैयाँ संकलन गर्नेछ ।