प्रिमियममा आइपीओ निष्काशन गर्न सिटिजन लाइफले पायो बोर्डबाट अनुमति 

प्रिमियममा आइपीओ निष्काशन गर्न सिटिजन लाइफले पायो बोर्डबाट अनुमति 


बैंकिङ समाचार,काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनश शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

सिटिजन लाइफको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भइसकेको छ ।