रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउदै राष्ट्र बैंक

रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउदै राष्ट्र बैंक


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउने भएको हो । केन्द्रीय बैंकले १० दिने अवधिका लागि   सो रकम बजारबाट खिच्न लागेको हो । यो असार २९ गते परिपक्व हुने छ ।

रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ । रिपोमा सहभागी हुन आज ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत बजारको पैसा खिच्ने गर्दछ । प्रणालीमा निक्षेप मात्रै संकलन हुने कर्जा प्रवाह नहुने भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बजारबाट पैसा उठाउन लागेको हो ।