बैंकको ब्याजदर निर्धारण बजारले गर्नुपर्छः पूर्वबैंकर क्षेत्री

बैंकको ब्याजदर निर्धारण बजारले गर्नुपर्छः पूर्वबैंकर क्षेत्री


बैंकिङ समाचार, काठमाडौं ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् ।  

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै क्षेत्रीले यस्तो बताएका हुन् । 

खुला बजारको अवधारणामा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुने भन्दै सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको पनि उनले बताएका छन्  ।

परिस्थिति अहसज भएका बेला बैंकहरुले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भएकाले पनि अहिले स्थिति सहज भएको उनको भनाई छ । ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयंलाई दिनुपर्नेमा उनले जोड दिए ।