२९ अर्ब बढी आन्तरिक ऋण उठाउने तयारीमा राष्ट्र बैंक

२९ अर्ब बढी आन्तरिक ऋण उठाउने तयारीमा राष्ट्र बैंक


बैंकिङ समाचार,काठमाडौं । 

सोमबार नेपाल राष्ट्र बैंकले २९ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । 

राष्ट्र बैंकले सोमबार २९ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल,  १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५  लाखको  ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये ५ अर्बको ट्रेजरी बिल पुरानै ट्रेजरी बिलको नवीकरण हो भने बाँकी २४ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल नयाँ हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

राष्ट्र बैंकले यस अघि असार ११ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।