सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने सभामुख घिमिरेको भनाई 

सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने सभामुख घिमिरेको भनाई 


बैंकिङ समाचार, काठमाडौं । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले यसतो बताएका छन्

कसैको निहित इच्छापूर्तिका लागि नभएर सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने पनि उनले बताए ।

समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकोले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु–नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने सभामुख घिमिरेको भनाई छ  ।
त्यस्तै, प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमी कमजोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन–नियमहरु बन्नेमा आफु विश्वस्त भएको बताए ।