बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरूप एक लाख बत्तीस हजारको चेक हस्तान्तरण गरेको छ।
बैंकले उक्त रकम ‘साथ’ कार्यक्रमका प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो। ‘साथ’ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने प्रबन्धक शर्माले बताइन्।
‘साथ’ले विपन्न र शारीरिक अपाङ्गता भएका सीमान्तकृत समूहका बालबालिकालाई उचित शिक्षा र स्वास्थ्योपचार प्रदान गर्दै आएको छ।
प्रतिक्रिया