ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ 

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ 


बैंकिङ समाचार,काठमाडौं । 

पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । 

प्रहरीका अनुसार शुक्रबार रौनियारलाई काठमाडौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो । 

उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन् । त्यस्तै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए ।

रौनियार संघीय समाजवादी फोरमबाट पूर्व सांसद समेत हुन् । सांसद रहेको समयमा उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो ।