सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई वार्षिक १० प्रतिशत ब्याज 

सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई वार्षिक १० प्रतिशत ब्याज 


बैंकिङ समाचार, काठमाडौं ।

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ‘सिटिजन्स बैंक बोन्ड–२०८०’ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै निवेदन दिएको हो । 

धितोपत्र बोर्डले अनुमति दिएमा सिटिजन्स बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमा बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणमा जारी गर्नेछ । 

यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् । यो ऋणपत्र १० वर्षे अवधिको हो ।  

सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।