चालू पुँजी कर्जा सम्बन्धी नीतिले केही अप्ठ्यारो भएको छ ,तर यो नीति दीर्घकालीन रुपमा प्रणालीलाई फाइदा हुन्छः गभर्नर अधिकारी

चालू पुँजी कर्जा सम्बन्धी नीतिले केही अप्ठ्यारो भएको छ ,तर यो नीति दीर्घकालीन रुपमा प्रणालीलाई फाइदा हुन्छः गभर्नर अधिकारी


बैंकिङ समाचार,काठमाडौ ।

गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धी नीतिले केही अप्ठ्यारो भएको भएपनी यो नीतिले दीर्घकालीन रुपमा प्रणालीलाई फाइदा पुग्ने बताएका छन् । 

बिहीबार उद्योग व्यवसायीसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सुझाव लिन आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले यस्तो बताएका हुन् ।  यस्तै, वित्तीय सुशासन कायम गर्न गत कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याइएको चालू पुँजी कर्जा सम्बन्धी नीतिमा फिर्ता नहुने पाि अधिकारीले बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासं र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले चालू पुँजी कर्जा सम्बन्धि नीती लचिलो बनाउनु पर्ने, गाडी कर्जाको जोखिम भार घटाउनु पर्ने माग गरेका थिए ।

तर, राष्ट्र बैंकका गभर्नर अधिकारीले खुकुलो मौद्रिक नीति लिए अहिले सन्तुलनमा देखिएको बाह्र क्षेत्र बिग्रने भन्दै आक्रामक कर्जा बिस्तारका लागी हकप्रद सेयर जारी गर्न नदिने बताए ।