सरकारविरूद्ध सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

सरकारविरूद्ध सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी


बैंकिङ समाचार,काठमाडौं ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले विरोध प्रदर्शन गरेको छ ।

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै बिहीबार बिहान काठमाडौँमा प्रदर्शन गरेका हुन् । 

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी सङ्घको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूले आफूहरूका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने लगायतका माग राखेका छन् । 

सरकारका नीति र निर्णय आफूहरूको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।