निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन बालेनको निर्देशन

 निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन बालेनको निर्देशन


बैंकिङ समाचार,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका हुन् । शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन् ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको उनले स्पष्ट पारेका छन् ।

जसकारण महानगर क्षेत्रभित्र निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिन उनले निर्देशन दिए ।