बैंकिङ्ग समाचार, काठमाडौं ।
आज बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज मे असार १४ गते इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३५.३७ अंकले बढेर २१५०.९९ विन्दुमा पुगेर रोकिएको थियो ।
प्रतिक्रिया