वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितलाई पिपुल फोरमले दिलायो साढे १ अर्ब

वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितलाई पिपुल फोरमले दिलायो साढे १ अर्ब


बैंकिङ समाचार,काठमाडौं । 

मानव अधिकारका लागि मञ्च (पिपुल फोरम)ले पिडितलाई साढे १ अर्ब रुपैयाँ दिलाएको छ ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितहरुले वैदेशिक रोजगार विभागमा दिएको उजुरीको आधारमा परेको मुद्धामा निुःशुल्क कानुनी सहायता सेवाबाट १ अर्ब ३५ करोड ९१ लाख पिडितलाई दिलाएको हो ।

फोरमले सन् २०११ देखि सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत निरन्तर निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको छ । फोरमले हालसम्ममा २७ हजार ४५१ जना आप्रवासी कामदारहरु र उनीहरुका परिवारलाई कानुनी सहायता सेवा प्रदान गरेकासंस्थाले देशभरका मानिसहरुलाई उक्त सेवा प्रदान गरेका छन् ।