अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः प्रधानमन्त्री  प्रचण्ड

अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः प्रधानमन्त्री  प्रचण्ड


बैंकिङ समाचार, काठमाडौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिर अगाडि बढिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै दाहालले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको दाबी गरेका हुन् ।
यस्तै कुल वस्तु व्यापारको घाटामा १५.२ प्रतिशतले कमी आएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिएका छन् । 

प्रधानमन्त्री दाहालले गत वर्ष यही बेलालाई आधार मान्दा पर्यटक दोब्बर बढेको पनि बताए ।