सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न महानगरको निर्देशन

सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न महानगरको निर्देशन


बैंकिङ समाचार,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको भन्दै महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । 

\"\"