सहकारीका ठगीको उजुरीका चाङले सिआइबीको कोठा नै भरिए : गृहमन्त्री श्रेष्ठ

सहकारीका ठगीको उजुरीका चाङले सिआइबीको कोठा नै भरिए : गृहमन्त्री श्रेष्ठ


बैंकिङ्ग समाचार, काठमाडौं । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीको कार्यालय सहकारीका ठगी मुद्दाले भरिएको बताएका छन् । आइतबार प्रतिनिधी सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘अहिले सीआईबीमा मात्रै रहेका सहकारीका उजुरी हेर्ने हो भने त्यसैको चाङले कोठा भरिएको छ । समस्या विकराल छ ।’ सरकारले अर्थ मन्त्रालय, सहकारी मन्त्रालयसँग काम गरिरहेको उनले जानकारी दिए । सम्बन्धित सरोकारवालासँग समेत बसेर सरकारले यसमा काम गरिरहेको उनले बताए ।

यो समस्या समाधानको लागि समिति समेत गठन गरिसकिएको जानकारी दिँदै उनले भने, केही समस्या यसमा नै छन् केही चाहिँ तरलता अभाव (लिक्युडिटी क्रंच) ले सिर्जना गरेको समस्या  उनले बताए ।