कृषि विकास बैंकले कर्जाको ब्याजमा ७ प्रतिशत छुट दिने

कृषि विकास बैंकले कर्जाको ब्याजमा ७ प्रतिशत छुट दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकले ऋणीहरुलाई ब्याज रकममा ७ प्रतिशत छुट दिने भएको छ ।

बैंकले बैंकबाट कर्जा लिई कारोबार गरिरहेका ऋणीहरुलाई असार मसान्तसम्म बैंकलाई बुझाउनुपर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट गर्ने भएको हो ।

सो सम्बन्धि थप जानकारीको लागि आफूले कारोबार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

\"\"