सहकारीको ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न १५ दिने अल्टिमेटम 

सहकारीको ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न १५ दिने अल्टिमेटम 


बैंकिङ्ग समाचार, काठमाडौं । 

माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घर्तीको तीन पुस्ते  विवरण सार्वजनिक  भएको छ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले घर्ती जमानी बसेको ऋणीले सहकारीको ऋण नतिरेपछि घर्तीको तीन पुस्ते विवरण पत्रिकाले सार्वजनिक  गरेको हो ।

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर,रावलले सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समयदेखि नतिरेपछि तीन पुस्ते विवरणसहित अल्टिमेटम दिनुपरेको सहकारीले जनाएको छ।

सहकारीले २०७९ कात्तिक ५ गते समेत ऋण चुक्ताका लागि २१ दिने सूचना निकालेको थियो । यसअघि हामीले कयौँ पटक व्यक्तिगत र संस्थागत रुपमा ऋण चुक्ताका लागि ताकेता गरेका हौँ । तर, ऋणको साँवा र किस्तासमेत आउन छोडेपछि २१ दिने सूचना निकालिएको हो  सहकारीका एक कर्मचारीले बताए ।

पत्रिकामा प्रकाशित सूचनामा भनिएको छ 

‘सूचना प्रकाशित मितिले १५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता गर्नुपर्नेछ । अन्यथा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल,अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर–घरानाबाट समेत असुल उपर गरिनेछ ।’, सूचनामा उल्लेख गरिएको छ ।  

\"\"