राष्ट्र बैंकद्धारा वित्तीय चेतनाका लागि मैथिली भाषामा सन्देश जारी

राष्ट्र बैंकद्धारा वित्तीय चेतनाका लागि मैथिली भाषामा सन्देश जारी


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मैथिली भाषामा सन्देश जारी गरेको छ । उक्त सन्देशको उल्था नेपाली भाषामा यस्तो छ ।

‘ओ.टी.पी. भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड (One Time Password – OTP) भन्ने बुझिन्छ । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रूपमा प्रदान गर्ने पासवर्ड नै ओ.टी.पी हो ।’ जारी गरिएको सन्देशमा भनिएको छ । 

निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन र÷वा इमेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओ.टी.पी. दिननहुने र विभिन्न बहानामा ओ.टी.पी. माग्ने,रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेकाले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्न आग्रह गरेको छ । 

कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओ.टी.पी. कहिल्यै नमाग्ने र आफुले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईंको ओ.टी.पी. कुनै पनि कार्यका लागि आवश्यक नपर्ने भन्दै सजग रहन आग्रह गरेको हो ।
 

\"\"