अन्तत : प्रभु लाइफ र महालक्ष्मी लाइफले पाए मर्जरको अन्तिम स्वीकृति, सातै प्रदेशका लागि थप कर्मचारी समेत माग

अन्तत : प्रभु लाइफ र महालक्ष्मी लाइफले पाए मर्जरको अन्तिम स्वीकृति, सातै प्रदेशका लागि थप कर्मचारी समेत माग


बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम स्वीकृति पाएका छन्। नेपाल बिमा प्राधिकरणले सोमबार प्रभु लाइफ र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो।  यही जेठ २६ गते सम्पन्‍न प्रभु र महालक्ष्मीको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो। यी दुवै कम्पनीले कम्पनीले असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको जनाएका छन्। 

यी दुई कम्पनीले गत असार ३० गते एक बराबर एकको स्वाप रेसियोमा मर्जरका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मर्जरको एक वर्षमा उनीहरुले एकीकृत कारोबार गर्न लागेका हुन्। यसअघि पटकपटक एकीकृत कारोबार गर्ने भनेपनि एक्चुअरी भ्यालुएसनमा ढिलाइ भएको कम्पनीले जनाएका छन्। 

मर्जरपछि प्रभु र महालक्ष्मी लाइफमा कार्यरत कर्मचारीहरुलाई थप योग्य र दक्ष बनाई काममा निरन्तरता दिइने भएको छ। साथै कम्पनीले सातै प्रदेशका लागि थप कर्मचारी मागसमेत गरेको छ।

\"\"