बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी, सचेत रहन बैंकहरूको आग्रह 

बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी, सचेत रहन बैंकहरूको आग्रह 


बैंकिङ्ग समाचार, काठमाडौं । 

बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । एक सूचना जारी गर्दै बैंकहरूले बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन आग्रह गरेका हुन् । 

पछिल्लो केही समयता अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सम्बन्धित ग्राहकलाई मोबाईलमा आएको नम्बर ओटीपी मागी ठगी गर्ने गरिएको पाइएको छ । 

ठगी गर्ने गरिएको पाइएपछि विभिन्न बैंकहरूले सूचना निकाल्दै बैंकहरूले ओटीपी कोड कसैलाई नदिन सचेत गराएका छन् । 

खाताको विवरण, कार्ड नम्बर पिन, मोबाईलमा तथा ईमेलमा आउने ओटिपी जस्ता संवेदनशील सूचनाहरु कसैलाई पनि नदिन बैंकहरूले ग्राहकसँग अनुरोध गरेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ २० गतेसम्म ओटीपी कोड प्रयोग गरेर ठगीमा परेको भन्दै १०६ जनाले निवेदन दिएका छन् ।