पदमा बसेकाले अर्बौ पैसा हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लगे : सांसद प्रभु साह 

पदमा बसेकाले अर्बौ पैसा हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लगे : सांसद प्रभु साह 


बैंकिङ्ग समाचार, काठमाडौं ।

आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याएको हुनाले नेपालमा आर्थिक संकट आएको  आरोप लगाएका छन ।
आईतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन । साहले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भएपनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको बताएका थिए ।
 
उनले सबै पदमा रहेका कर्मचारीहरुहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट हुने बताए  ।

\"\"

उनले भने, व्यापारीहरु राजस्व छली गरिरहेका छन्, पैसा थुपारिरहेका छन् । कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन् । नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्याउने गरेका छन् भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन् उनले भने । भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ । यहि संसदमा हेर्न सक्छौ, अधिकांश नेताहरु अवसरको लागि नेपालमा र उहाँका छोराछोरीहरु विदेशमा नेपालका सबै पुँजीहरु विदेशमा थुपारिदिए पछि । नेपालको आर्थिक संकट टर्छ ?’ सांसद साहले सांसदमै रहेका कति नेताहरु अवसरका लागि नेपाल बसेको र आफ्नो छोरा छोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए ।

उनले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भएपनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको बताए । 

\"\"