५० हजार घुससहित टेकु ल्याबका अधिकृत पक्राउ

५० हजार घुससहित टेकु ल्याबका अधिकृत पक्राउ


बैंकिङ समााचार,काठमाडौं ।

घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो । 

सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित शुक्रबार शंखमुलबाट नियन्त्रण लिएको हो । 

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।