देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था छः प्रधानमन्त्री प्रचण्ड

देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था छः प्रधानमन्त्री प्रचण्ड


बैंकिङ समाचार, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन् । बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

महामारीको मारमा परेका व्यावसायीहरूलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको प्रचण्डले बताएका छन् ।

उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको पनि बताए । पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताएका छन् ।