सहकारी संस्थाको लागि छुट्टै नियामकको व्यवस्था गर्ने सरकारको घोषणा

सहकारी संस्थाको लागि छुट्टै नियामकको व्यवस्था गर्ने सरकारको घोषणा


बैंकिङ समाचार,काठमाडौ ।

सरकारले बचत तथा ऋणको काम गर्दै आएका सहकारी संस्थाको लागि छुट्टै नियामकको व्यवस्था गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  

महतले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने बताए । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने पनि अर्थमन्त्री महतले बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने समेत बताए। घरेलु तथा साना उद्योग सञ्चालन गर्ने सहकारी संस्थालाई उत्पादन, भण्डारण र बजारीकरणमा सहयोग उपलब्ध गराइने जनाएको छ ।