बैैकिङ्ग समाचार,काठमाडौं ।
अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न १०० रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका हुन् । त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको समेत बताएका छन् ।
प्रतिक्रिया