बैंक तथा वित्तीय संस्थाको संख्या घटिरहँदा सहकारीको संख्या ३१ हजार नाघ्यो

बैंक तथा वित्तीय संस्थाको संख्या घटिरहँदा सहकारीको संख्या ३१ हजार नाघ्यो


बैंकिङ्ग समाचार,काठमाडौं ।

मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएपनि शाखा विस्तार र वित्तीय पहँचु बढ्दै गएको छ । २०७९ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्था (लघुवित्त समेत) को संख्या १२० रहेको आर्थिक वर्ष २०७९/८०  को आर्थिक सर्वेक्षणले देखाएको छ ।

आर्थिक सर्वेक्षणका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ६ सय २९ पुगेको छ । बझाङको साईपाल बाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसंख्या २ हजार ५ सय १० पुगेका छन् । देशभर ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम १ लाख ४८ हजार ४ सय ५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भइ २ खर्ब ८ अर्ब ९६ रुपैयाँ कर्जा लगानीमा रहेको छ ।