भ्रस्टाचार बिरुद्धको आन्दोलनमा सडक नाटक गर्ने नेतालाई सिधै लगेर बागमतीमा चोपाल्नुस : मेयर बालेन 

भ्रस्टाचार बिरुद्धको आन्दोलनमा सडक नाटक गर्ने नेतालाई सिधै लगेर बागमतीमा चोपाल्नुस : मेयर बालेन 


बैंकिङ्ग समाचार,काठमाडौं । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंको माइतीघर र नक्साललगायत देशभर प्रदर्शन भएको छ। प्रदर्शनमा करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने लगायतका नारा लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन भएको छ।

भ्रष्टाचार बिरुद्दको उक्त प्रदर्शनमा सहभागी नेताहरुलाई इंकित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन्। मेयर शाहले भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई नभई सिधैं कार्बाही गर्न र निती बनाउनलाई भएको उल्लेख गरेका छन्। शाहले भ्रष्टाचारविरुद्धको आन्दोलनको नाममा सडक नाटक नदेखाउन भनेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, – 

भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?’ ‘सिधैं लगेर बागमतीमा चोपाल्नुस्। यस्तो सडक नाटक धेरै देखिसक्यौं हामीले। पत्याउदिनँ म चाँहि। तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधैँ कारबाही गर्नलाई हो, सिधैं कारबाही गर्ने नीति बनाउनलाई हो।’ 

\"\"

शनिबारको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका राजनीतिक दल नेताहरु सहभागी भएका थिए। सोहि क्रममा कार्यक्रम स्थलमै पूर्वप्रधानमन्त्री डा. भट्टराई र हिसीला यमी, सहभागी भएकोमा आपत्ती जनाउदै केहि प्रदर्शनकरीले उनीविरुद्ध नारावाजी समेत गरेका थिए ।