आरबिबि म्युचुअल फण्ड का इकाईमा आवेदन दिने आज अन्तिम दिन

आरबिबि म्युचुअल फण्ड का इकाईमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार,काठमाडौं ।

 आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा आज ९वैशाख ३१० गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन पाउनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा कम्तीमा ५० प्रतिशत अर्थात ६ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।