सन् २०२३ भरि विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण 

सन् २०२३ भरि विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण 


बैंकिङ्ग समाचार,काठमाडौं ।

सन् २०२३ भरि विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण रहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२३ अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र र विकसित एवम् उदीयमान अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा थप कमजोर हुने र सन् २०२४ मा सीमान्त रुपले मात्र सुधार हुने देखिएको छ ।

विकसित मुलुकको वित्तीय क्षेत्रले सामना गर्नु परेको दबाबका कारण विकसित एवम् उदीयमान अर्थतन्त्र प्रभावित भएको हुँदा यी अर्थतन्त्रहरुको साथै विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर सन् २०२३ जनवरीमा गरिएको प्रक्षेपणभन्दा कम रहने प्रक्षेपण कोषले गरेको छ ।

विश्व अर्थतन्त्र सन् २०२२ मा ३.४ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा २.८ प्रतिशत र सन्२०२४ मा ३.० प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, विकसित अर्थतन्त्र सन् २०२२ मा २.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.३ प्रतिशत र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुनेकोषको प्रक्षेपण रहेको छ ।

उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र सन् २०२२ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा ३.९ प्रतिशत र सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ । छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र सन् २०२२ मा क्रमशः ६.८ प्रतिशत र ३ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा क्रमशः ५.९ प्रतिशत र ५.२ प्रतिशतले तथा सन् २०२४ मा क्रमशः ६.३ प्रतिशत र ४.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ । विश्व स्तरमा अझै उच्च रहेकोमुद्रास्फीतिमा क्रमशः सुधार हुँदै जाने कोषको प्रक्षेपण रहेको छ ।

सन् २०२२ मा विश्व मुद्रास्फीति ८.७ प्रतिशत रहेकोमा सन्२०२३ मा ७ प्रतिशत र सन् २०२४ मा ४.९ प्रतिशतमा झर्ने कोषले प्रक्षेपण गरेको छ । सन् २०२२ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा क्रमशः ४.७ प्रतिशत र ८.६ प्रतिशत तथा सन् २०२४ मा क्रमशः २.६ प्रतिशत र ६.५ प्रतिशतमा झर्ने कोषको प्रक्षेपण रहेको छ । 

सन् २०२२ को शुरुदेखि नै मुद्रास्फीति अपेक्षामा अंकुश लगाउन विश्वका अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेकोमौद्रिक नीतिको कसिलो कार्यदिशालाईअझै जारी राखेका छन् । अमेरिकी फेडरल रिजर्भले सन् २०२२ मार्चदेखि ३ मे सन् २०२३ सम्ममा फेडरल फण्ड रेट वृद्धि गरी ०–०.२५ प्रतिशतबाट बढाएर ५–५.२५ प्रतिशत पु¥याएको छ । यस अवधिमा फेडरल फण्ड रेट ५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । उच्च मुद्रास्फीति अपेक्षामा अंकुश लगाउनुको साथै विकसित मुलुकहरुले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रभाव वित्तीय बजारमा पर्न नदिन उदीयमान मुलुकहरुले पनि मौद्रिक नीतिलाई कसिलो बनाएका छन्।

भारतीय रिजर्भ बैंकले पछिल्लो पटक सन् २०२३ फेव्रुअरी महिनामा रिपो रेटमा २५ आधार बिन्दुले वृद्धि गरी ६.५ प्रतिशत पु¥याएको छ भने स्थायी तरलता सुविधाको ब्याजदर ६.७५ प्रतिशत पुगेको छ ।

वास्तविक मुद्रास्फीति घट्ने क्रममा रहेपनि लक्ष्य भन्दा अझै उच्च रहेका कारण विकसित र उदीयमान मुलुकहरुले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको कार्यदिशाले सन् २०२३ भरि नै निरन्तरता पाउने देखिएको छ ।