ग्राहकको गुनासालाई बैंकहरूले वेवास्ता गरेको उजुरी बढ्दो , बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

ग्राहकको गुनासालाई बैंकहरूले वेवास्ता गरेको उजुरी बढ्दो , बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन


बैैकिङ्ग समाचार,काठमाडौं ।

बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ । बैंकविरुद्ध सर्वसाधारणका गुनासो थुप्रिएपछि राष्ट्र बैंकले आज बैंकका सिइओ र गुनासो सुन्ने अधिकारीलाई बोलाएर तुरुन्त गुनासा सुनुवाइ गर्न निर्देशन दिएको हो।

पछिल्लो समय राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा दैनिकरूपमा बैंकविरुद्ध गुनासा बढ्दै गएको केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।सो अवसरमा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम तिम्सिना र बमबहादुर मिश्रका साथै कार्यकारी निर्देशक सहभागी थिए। केन्द्रीय बैंकले बैंकका सिइओ र गुनासा सुन्ने अधिकारीसँग दुई घन्टा छलफल गरेर सुनुवाइ गर्न निर्देशन दिएको छ।

ग्राहकको गुनासालाई बैंकहरूले वेवास्ता गरेको उजुरी बढेका छन्। अहिले हरेक बैंकले गुनासो सुनुवाइ इकाइ बनाएका छन्। राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त कुनै संस्था वा सेवा प्रदायकले सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग, अपारदर्शी कामकारबाही, बेवास्ता, गैर जिम्मेवार वा हेलचक्राइपूर्वक व्यवहार गरी आर्थिक र गैरआर्थिक हानी नोक्सानी पुग्ने कार्य गरेगराएमा वा राष्ट्र बैंकको निर्देशन, प्रचलित नियम, कानून तथा निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेगराएमा सो सम्बन्धी गुनासो गर्न सकिन्छ।