यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


बैंकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ ०२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।