प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा आउँदैन : अध्यक्ष लिङ्देन

प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा आउँदैन : अध्यक्ष लिङ्देन


बैंकिङ्ग समाचार,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा उनले ठूलो संख्याको जनप्रनितिधिको जनसंख्या कटौती गर्ने र प्रदेश खारेज नगरेसम्म आर्थिक अर्थतन्त्र ठीक ठाउँमा नआउँने बताए ।

अध्यक्ष  लिङ्देनले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानो कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।  उनले भने सरकारले बजेट ल्याउने क्रममा बजेटमा ल्याउने प्राथमिकता र सिद्धान्तहरु कर्मकाण्डी छन् । नियमित जस्तो छन् । अघिल्लो दिनहरुमा कसरी आउँथ्यो त्यसरी नै आएका छन् । सबै विषय गर्न खोजिएको छ तर गर्ने भनिएको छ तर अर्थमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् यहि प्राथमिकता र सिद्धान्तले र आर्थिक नीतिले अर्थतन्त्रको सामना गर्न सकिन्छ ? यो अत्ति फितलो भयो नयाँ केहि आएन अब सरकारले केहि गर्न सक्छ भन्ने खालको छैन् ।’

उनले कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको अन्त्य गर्न र बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न समेत माग गरे ।
अध्यक्ष लिङदेनले भने अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु, ।‘ सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसका लागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनु पर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’