प्रतिनिधिसभाको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने


बैंकिङ्ग समाचार,काठमाडौं । 
प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको हो।

बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। सोमबारबाट सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ।