बैंकिङ्ग समाचार,काठमाडौं ।
सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ। माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो ।
‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ। २० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।
लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले रोजगारी गुमाएका छन् ।
प्रतिक्रिया