नागरिक बचतपत्र खुल्यो, बैंकको मुद्दती खाताभन्दा धेरै ब्याज पाइने

नागरिक बचतपत्र खुल्यो, बैंकको मुद्दती खाताभन्दा धेरै ब्याज पाइने


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्रमार्फत आन्तरिक ऋण उठाउन लागिएको जनाएको छ । बैंकले २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गरेको हो । नेपाली नागरिकले यस बचतपत्र खरिदका लागि जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बचतपत्र खरिद गरेवापत वार्षिक १० प्रतिशतका दरले ६/६ महिनामा ब्याज पाइने राष्ट्र बैंकले जनाएको छ । आफूलाई पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट ब्याज रकम पाइनेछु सूचनामा उल्लेख छ ।

यो ब्याजदर वाणिज्य बैंकहरुले मुद्दतीमा दिने गरेकोभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरुले मुद्दती खातामा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ वा सो अंकले निशेष भाग जाने अंकको रकम लगानी गर्न सकिन्छ ।

लगानीको साँवा रकम भने २०८५ जेठ ३० गते फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । यस्तो बचतपत्र बैंकहरुमा धितो राखेर ऋण लिन पनि पाइन्छ । राष्ट्र बैंकको वेबसाइटमा रहेको ‘मोनिटरी म्यानेजमेन्ट’भित्र रहेको अनलाइन प्रणालीमार्फत बचतपत्रको फारम डाउनलोड गरी सो फारम भरेर नजिकको बैंक तथा वित्तीय संस्थामा बुझाउनुपर्नेछ ।