सनराइज बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार


बैंकिङ्ग समाचार,काठमाडौं ।

सनराइज बैंक लिमिटेडले कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुर र डडेल्धुराको अजयमेरू गाउँपालिका– ५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

बैंकले वैशाख १५ गते शुक्रबार कलुवापुरमा १०१औँ र देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो। यी शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १ सय २ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ। सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले हाल एक सय ३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, एक सय ६२ वटा एटिएम र एक सय दुईवटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।